नियम १३
धनादेशको भुक्तानी लिने अवधि

धनादेशको भुक्तानी लिन हुलाक कार्यालयबाट सूचना प्राप्त भएपछि प्रापकले सो सूचना पाएको मितिले सात दिनभित्र धनादेशको भुक्तानी
लिनुपर्नेछ । तर प्रापकले उपरोक्त अवधिभित्र लिखित आवेदनद्वारा धनादेशको भुक्तानी पछि लिन माग गरेमा सो अवधि नाघेको मितिले अर्को सात दिनसम्म सो रकम ज्ञलिन सक्नेछ ।